slnga

Funeral Ceremony Of Late Yam Kumari Gurung

Late Mrs Yam Kumari Gurung’s funeral

यम कुमारी गुरूडंको जीवनीः

कास्की धम्पुस लेम्सेखोर वडा नं- ३       

निवासी बुबा श्री (मुखिया)- सिङरास गुरुङ आमा श्रीमती- लाल सुबा गुरुङ
को कोखवाट मिति- १९९९ साल मङ्सिर १० गतेमा जन्म भई पोखरा महानगर पालिका वडा नं. २३ कुदवीडांडा गॉउ निवासी श्री (मुखिया) बखत वहादुर गुरूडं र श्रीमती धनशुभा गुरूडं को छोरा बृटिश आर्मी श्री देव वहादुर गुरूडं संग २१ बर्षा को उमेरमा मा शुभ-बिबाह संपन्न भई तत्पश्चात श्रीमानकाे साथमा हडंकगं प्रस्थान गर्नु भयो । हडंकडं वसाईमा वहांको कोखबाट २छोरीहरू दिलमाया र कमलाको जन्म भयो ।लगभग ३ वर्षपछि श्रीमान र दुई छोरीको साथमा नेपाल फर्कीनु भयो र सबै परिवारका साथ उल्लासमय वातावरणमा गॉउमाखेतीपातीमा समय व्यतीत गर्नु भयो । गॉउमा हुंदा कान्छी छोरी डमर कुमारी, जेठा छोरा नेत्र,माईला छोरा (सानो हुंदानै परलोक भएको थियो)र कान्छा छोरा शिव गुरूडंको जन्म भयो । वहां २ छोरा ३ छोरीको ममतामयी आमा वन्नु भयो ।
छोराछोरीको उच्च अध्ययन र सफलभविष्यलाई ध्यानमा राखी पोखरा खहरे लेकसाईडको घरमा बस्नु भयो । समयको अन्तरालमा लगनशील र मेहनती छोराहरू दुवै जना बृटिश आर्मीमा भर्ती भयो भने जेठी र माईली छोरीको शुभविबाह संपन्न भई जेठीबाट १छोरी र माईलीवाट १ छोराको जन्म भयो । केहीबर्ष पछि जेठी र माईली छोरी हंडकडं प्रस्थान भयो र नाती, नातीनीको ममतामयी मार्गनिर्देशित अभिभावको रूपमा वहां रहनु भयो ।
त्यसपछि कान्छी छोरीको शुभ विवाह संपन्न भई १ छोरा १ छोरीको जन्म भयो भने दुबै जना छोराहरूको पनि शुभविवाह संपन्न भई हाल जेठा छोराको १ छोरा २ छोरी र कान्छा छोराको २ छोरा को जन्म भयो ।वहां ५ नाती, ४ नातीनीको ममतामयी बजै, बजैआमा हुनुहुन्थ्यो ।
सवै छोरा छोरीहरू युकेमा बसोबासभएपछि वहां श्रीमानको साथ युके आउनु भयो र स्कटल्यान्डको एवरडीनमा कान्छी छोरीसंग वस्नुभई नाती नातीना हुर्काउन ठूलो मध्दत गर्नु भयो ।
त्यसपश्चात वहां जेठो छोरावुहारीको साथमा लण्डनको मोर्डनमा बस्नु हुन्थ्यो। वहांले परिवारको उज्जल भविष्यको लागी अहोरात्र खटिनु भयो, सवैलाई मध्दत गर्नु भयो। सवैलाई मार्ग निर्देशित गर्नु भयो र वहांको नरम बोली बच्चन र ममतामयी सरल स्वभावले गर्दा सवैको प्रिय हुनु हुन्थ्यो । सबैसंग मिलेर वस्नु हुन्थ्यो । वहां हरेक बर्ष श्रीमानको साथमा नेपाल जाने आउने गर्नु हन्थ्यो । यो वर्ष पनि नेपाल गएर फर्केको केही महिनामानै वहां अचानक विरामी हुनु भयो । र सेन्ट हिलियर हस्पिटाल लण्डनमा उपचारको क्रममा मिति सन ६ जनवरी २०२१ को राती १० बजे सबैलाई छोडेर दिवंगत हुनु भयो वहां को आत्माले चीरशान्ति मिलोस्, स्वर्गमा बासहोस्, बुध्द भगवानको काखमा पुगोस् ।
ॐमने पध्दमे होम्